भारतमा पछिल्लो २४ घण्टामा कोरोनाबाट ७७९ जनाको मृत्यु



भारत : कोरोना भाइरसबाट भारतमा संक्रमित हुनेको संख्या १६ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा भारतमा थप ५५ हजार ७९ जनामा कोरोना पुष्टि भएको त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । योसँगै भारतमा कोरोना संक्रमितको संख्या १६ लाख ३८ हजार ८ सय ७१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा थप ७ सय ७९ जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म कोरोनाबाट ३५ हजार ७ सय ४७ जनाको मृत्यु भएको छ ।

भारतमा कोरोना महामारीबाट सबैभन्दा बढी महाराष्ट्र राज्य प्रभावित भएको छ । पछिल्लो २४ घण्टामा मात्रै महाराष्ट्रमा थप ११ हजार १ सय ४७ जनामा कोरोना पुष्टि भएको छ । शुक्रबार बिहानसम्म महाराष्ट्रमा संक्रमितको संख्या ४ लाख ११ हजार ७ सय ९८ पुगेको छ । महाराष्ट्रमा अहिलेसम्म १४ हजार ७ सय २६ जनाको कोरोनाबाट मृत्यु भएको छ भने करिब २ लाख ४८ हजार निको भएका छन् ।

प्रकाशित : साउन १६, २०७७

प्रतिक्रिया दिनुहोस्