सुन प्रकारण : प्रहरीको कोठाबाट एक किलो सुन जस्तो देखिने धातु बरामद



काठमाडौं : दरवारमार्गको सुनकाण्डमा मुछिएका प्रहरी जवान प्रशन्त क्षेष्ठको डेराबाट एक किलो सुन फेला परेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले नारायणस्थानस्थित डेरामा फेला परेको सुन जस्तै देखिने पँहेलो धातु बारमद गरेको हो ।

सो धातु परिक्षण गर्न पठाइएको महानगरीय प्रहरी कार्यालयका एक अधिकृतले जानकारी दिए । जवान श्रेष्ठ साढे १४ केजी चाँदी र आधाकिलो विवादास्पद सुनकाण्डमा मुछिएका छन् ।

पहेलो धातु प्रहरीको हातमा, सुन अन्यत्रबाटै पास

सो कमाण्ड दरबारमार्गका डीएसपी रन्जन दाहालले गरेका थिए । जवान प्रशन्नलाई दरबारमार्ग वृतको हिरासतमा राखेर आन्तरिक अनुसन्धान शुरु गरिएको छ ।

प्रहरीले मंगलबार कमलादीबाट १५ किलो सुन जस्तो देखिने पहेँलो धातु बरामद गरेको पत्रकार सम्मेलन गरेर बताएको थियो । तर, परीक्षणका क्रममा साढे १४ किलो धातु चाँदी भएको पुष्टि भएको थियो ।

प्रकाशित : साउन १६, २०७७

प्रतिक्रिया दिनुहोस्