पाटन अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु



काठमाडौं : काठमाडौं उपत्यकामा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ ।ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

अस्पतालका निर्देशक डा. विष्णु शर्माका अनुसार ती महिला साउन ६ गते भर्ना भएकी थिइन् । महिलामा उच्च रक्तचापको समस्या रहेको निर्देशक शर्माले जानकारी दिए ।

स्रोतका अनुसार वीरगन्जबाट काठमाडौं आएसँगै रुघाखोकीलगायत समस्या देखिएपछि उनी जाँच गराउन स्टार अस्पताल गएकी थिइन् । आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा नै सास फेर्न गाह्रो भएपछि उनलाई स्टार अस्पतालमै भेन्टिलेटरमा राख्नुपरेको थियो । आईसीयूमा राखेर उपचार भइरहेकै अवस्थामा कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उनलाई पाटन अस्पतालको आईसीयूमा सारिएको थियो ।

मृतक महिलाको कन्ट्याक्ट ट्रेसिङका क्रममा उनका परिवारका सदस्यहरुको पीसीआर परीक्षण गर्दा अधिकांशको रिपोर्ट पोजेटिभ आएको थियो ।

प्रकाशित : साउन १६, २०७७

प्रतिक्रिया दिनुहोस्