रेलमार्गको सम्भाव्यता अध्ययनका लागि ३५ अबको खर्च लाग्ने 



काठमाडौँ : केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययनका लागि करिब रु ३५ अर्ब बराबरको खर्च लाग्ने भएको छ।

नेपाली सहित चिनियाँ प्राविधिक टोलीले प्रारम्भिक अध्ययन गरी प्रतिवेदन दिइसकेको अवस्थामा सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन तयारीका लागि उक्त परिमाणको रकम खर्च हुने देखिएको हो।

प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव मधुसुदन अधिकारीले आगामी आर्थिक वर्षका लागि कम्तीमा पनि रु १७ अर्ब बराबरको बजेट आवश्यक रहेको बताए।

उनले सम्भाव्यता अध्ययनका लागि कम्तीमा दुई वर्ष लाग्ने जानकारी दिँदै साधन र स्रोत उपलब्ध भए तोकिएको समयमा नै रेलमार्ग निर्माणले गति लिने उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्