बाँदरको आक्रमणबाट एक महिला घाइते



गोरखा : गोरखामा बाँदरको आक्रमणबाट एक महिला घाइते भएकी छिन्। गोरखा जिल्लाको गण्डकी गाउँपालिका–४ स्थित फुजेलकी कल्पना रेग्मी बाँदरको आक्रमणबाट घाइते भएकी हुन्। 

दिउँसो बारीमा काम गर्न जाँदा उनलाई बाँदरको समूहले आक्रमण गरेको हो। बाँदरले पिट्दा कल्पनाको निधारमा गम्भीर चोट लागेको छ । त्यस्तै शरीरमा विभिन्न भागमा पनि चोट लागेको छ। 

बाँदरले आक्रमण गरे लगत्तै कल्पनालाई फुजेलमै सामान्य ड्रेसिङ गराएर थप उपचारको लागि काठमाडौं पठाइएको छ। करिब ६ महिनाको अवधिमा फुजेलमा बाँदरको आक्रमणबाट १० जनभन्दा बढी घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस्