काठमाडौँका प्रमुख सडकमा बत्ती र सिसी क्यामेरा जडान गरीदै 



काठमाडौँ : आगामी वैशाख १ गतेबाट काठमाडौँका प्रमुख सडकमा ८ हजार बत्ती जडान गरिने भएको छ । कलङ्की–एयरपोर्ट, त्रिपुरेश्वर–चक्रपथ र थापाथली–कमलपोखरी हुँदै पुतलीसडक खण्डमा बत्ती जडान गर्ने काठमाडौँ महानगरपालिकाले जनाएको छ । 

बत्ती जडान गर्नका लागि महानगरपालिकाले चालू आर्थिक वर्षमा रु ५ पाँच करोड बजेट विनियोजन गरेको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए । उनले रातिको समयमा हुने सडक दुर्घटना, चोरी र यात्रुलाई आवतजावत गर्नका लागि सहज होस् भनेर बत्ती राख्न लागिएको जानकारी दिए।

महानगरपालिकाको सहयोगमा महानगरीय प्रहरी परिसर काठमाडौँले सिसी क्यामेरा पनि जडान गर्ने तयारी गरेको छ । त्यसका लागि कामपाले परिसरलाई रु ३  करोड रकम उपलब्ध गराएको छ । 

 

प्रतिक्रिया दिनुहोस्