निःशुल्क आँखा शिविरमा ६ सय ६० जनाको उपचार 



वीरगन्ज : पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति स्व. गिरिजा प्रसाद कोइरालाको ९ औँ स्मृति दिवसको अवसरमा सोमबार वीरगन्जमा निःशुल्क आँखा शिविरको आयोजना गरिएको छ । जिपी कोइराला फाउण्डेशन र्पसाले वीरगन्ज महानगरपालिकाको वडा नम्बर २७ उदयपुर घुर्मीमा निःशुल्क आँखा शिविरको आयोजना गरेको हो । 

शिविरमा ६६० जनाको उपचार भएको चिकित्सक महेश सिंह धामीले बताए । आँखा जाँच गराउन आएकामध्ये १३५ जनामा मोतिबिन्दु फेला परेको छ । मोतिबिन्दु फेला परेको बिरामीलाई अस्पताल बोलाइएको छ । उनीहरूको निःशुल्क अपरेसन गरी औषधी समेत उपलब्ध गराउने चिकित्सक धामीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्