पर्सामा थपिए ६४ कोरोना संक्रमित



पर्सा : पर्सामा थप ६४ जनाका कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा एक डाक्टर, एक पारामेडिक्स, पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवलगायत रहेका छन् ।

यस्तै, बाराका एक र रौतहटमा दुई जनामा संक्रमण देखिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. मदनकुमार जानकारी दिए । संक्रमितहरु १५ देखि ६८ वर्ष समूहका रहेको डा. उपाध्यायले बताए । संक्रमितमध्ये तीनजना महिला हुन् ।

पर्साका संक्रमितहरु वीरगञ्ज महानगरपालिका वडा नम्बर १, ३, ६, ७, १०, १२, १६, २३ २५ का रहेका नारायणी अस्पतालको विशेष कोभिड अस्पताल गण्डकका डा. निरज सिंहले जानकारी दिए । ती वडामा पनि बढी संक्रमित वडा नम्बर ६ माईस्थान आसपासका रहेको पाइएको छ ।

पर्साबाट निर्वाचित सांसद् यादवले शुक्रबार कोरोना परीक्षण गरेका थिए ।

वीरगञ्ज पुगेका सांसद् यादवले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूमा पनि कोरोना भाइरसको संक्रमण भएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्