अमेरिकामा कोरोना संक्रमितको संख्या ४७ लाख नाघ्यो



एजेन्सी : अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ४७ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ७० हजार ९०४ जनामा संक्रमण पुष्टि हुँदा संक्रमित संख्या ४७ लाख ५ हजार ८८९ पुगेको छ ।

शनिबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार ४६२ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ५६ हजार ७४७ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म २३ लाख २७ हजार ५७२ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २२ लाख २१ हजार ५७० जनामध्ये १८ हजार ६८७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्