उच्च पद सिर्जना गर्ने परराष्ट्रकाे चलखेल



काठमाडौं : राजनीतिक र प्रशासनिक नेतृत्वको रुचिका आधारमा परराष्ट्र मन्त्रालयले राज्यकोषमा करोडौं रुपैयाँ व्ययभार पार्दै अनावश्यक रूपमा उच्च पद सिर्जनाको गृहकार्य थालेको छ। 

आजको राजधानी दैनिकले लेखेकाे छ, एउटै मन्त्रालयमा दुई जना सचिव र तीन जना विशेष सचिव रहनेगरी परराष्ट्रले गृहकार्य अघि बढाएपछि आलोचनासमेत सुरु भएको छ।

परराष्ट्र स्रोतका अनुसार नेता र प्रशासकका नातागोतालाई बढुवा गर्न दरबन्दी थप्न लागिएको हो। मन्त्रालयका एक अधिकारीका अनुसार संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) समितिले अनावश्यक पद आवश्यक नभएको सुझाव दिए पनि चलखेलका आधारमा दरबन्दी थप्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्