वृद्धको हत्यामा संलग्न रहेकाे आरोपमा एक जना पक्राउ



काठमाडौं : ललितपुरबाट प्रहरीले हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । महालक्ष्मी नगरपालिका ४ ढुङ्गेसाँगुमा बस्दै आएका काभ्रे धुलिखेल नगरपालिका ११ भकुण्डेबेँशीका ५४ वर्षीय कामी सिंह तामाङको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रे भकुण्डेबेँशी बस्ने सिन्धुली घर भएका २२ वर्षीय सन्जिव मैनाली रहेका छन् । उनलाई शुक्रबार पक्राउ गरी सार्वजनिक गरेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न रहेका उनी फरार रहँदै आएको प्रहरीले जनाएको छ । उनलाई महानगरीय प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले आफन्तको कोठाबाट पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्