पहिरोमा पुरिएर एक बालक बेपत्ता



जाजरकोट : जाजरकोट भेरी नगरपालिका-७ दोकानाका एक बालक पहिरोमा पुरिएर बेपत्ता भएका छन । अर्का बालक घाइते भएका छन् ।

घर नजिकैको पाखोमा बाख्रा चराउन गएका एक बालक पहिरोमा पुरिएर बेपत्ता भएका हुन ।

बाख्रा गोठालो गएका धनवीर परियारका १२ वर्षीय छोरा खिमबहादुरलाई एक्कासी आएको सुख्खा पहिरोले पुरेर बेपत्ता पारेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

उनीसँगै गोठालो गएका मोतिलाल बिकका छोरा १२ वर्षीय प्रदिप बिक पहिरोमा परेर गम्भीर घाइते भएका छन्।

हात र टाउकोमा चोट लागेको उनको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ । घाइते प्रदिपलाई तत्काल स्थानीयले उद्धार गरे पनि खिमलाल भने अझै बेपत्ता छन्।

प्रतिक्रिया दिनुहोस्