‘इनफ इज इनफ’ अभियानको विरोध प्रदर्शन



काठमाडौंः सरकारले कोरोना भाइरस विरुद्धको अभियान प्रभावकारी रुपमा सञ्चालन नगरेको तथा आफूसँग भएको सहमति कार्यान्वयन नगरेको भन्दै ‘इनफ इज इनफ’ अभियानले आज पनि विरोध प्रदर्शन गरेको छ ।

अभियन्ताहरुले आज (शनिबार) बालुवाटार हाँडीगाउँमा प्रर्दशन गरेका हुन् । सामाजिक दूरीसहितका नियम पालन गरी भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको प्रदर्शनकारीको भनाई छ ।

प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउ गरेको छ । ‘इनफ इज इनफ’ का अभियन्ता ईशान अधिकारी ‘ई’ हाल दोस्रो पटकको सत्याग्रहमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्