नुवाकोटका स्थानीय तहमा छैनन् कर्मचारी



नुवाकोट : सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने नारा मात्रै पुग्यो, कर्मचारी पुगेनन्।

जसका कारण नुवाकोटका स्थानीय तहको दैनिक कामकाज प्रभावित भएको छ। जिल्लाको किस्पाङ, तादी, दुप्चेश्वर, तार्केश्वर, शिवपुरी र लिखु गाउँपालिकामा आवश्यकताअनुरुप निकै कम मात्र कर्मचारी छन्।

कर्मचारी अभावले जनताको सेवाप्रवाह, कार्यसम्पादन, कानुन निर्माणमा कठिनाइ भइरहेको बताइएको छ। केन्द्रबाट स्थानीय तहमा कर्मचारी नपठाएर आफूहरुलाई असफल बनाउन खोजिएको गुनासो पनि जनप्रतिनिधिको रहेको छ। नेपाल समाचारपत्र दैनिकमा खबर छापिएकाेछ। 

प्रतिक्रिया दिनुहोस्