आमाको हत्या आशंकामा छोरासहित २ जना पक्राउ



कन्चनपुरः कन्चनपुरमा एक महिलाको हत्या भएको छ । जिल्लाको बेलौरी नगरपालिका ७ भगतपुरमा गएराति ५५ वर्षीया बेलु खातीको हत्या भएको हो ।

प्रहरीले हत्या आशंकामा उनका छोरासहित दुई जनालाई पक्राउ गरेको छ । मृतकका छोरा राजेश खाती र उनका साथी दिनेश रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रहरी नायव उपरिक्षक अमरवहादुर थापाले बताए ।

६२ वर्षीय उनका श्रीमान घनश्यामलाई पनि हतियार प्रयोग गरी गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ । घटना खाती परिवारको घरमै मध्यरातमा भएको र गम्भीर घाइतेलाई उपचारका लागि नेपालगञ्ज पठाईएको प्रवक्ता थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्