ग्रीन स्पेश जनकपुरधामको आयोजनामा रंगभूमी मैदानमा सरसफाइ तथा वृक्षारोपण



जनकपुरधामः ग्रीन स्पेश जनकपुरधामको आयोजना एवं जिल्ला युवा सञ्जाल धनुषाको सहकार्यमा जनकपुरधाम उपमहानगरपालिका-९ स्थित रंगभूमी मैदानमा उत्साहजनक सहभागितामा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

वृक्षरोपण कार्यक्रममा विभिन्न प्रजातिका दर्जनौं बिरूवाहरू रोप्ने कार्य सम्पन्न भएको ग्रीन स्पेश जनकपुरधामका अध्यक्ष धिरज साहले जानकारी दिए । उनले वृक्षारोपन गरेपछि रंगभूमी मैदान सुन्दर र आकर्षक बन्नुका साथै वातावरणमा पनि सकारात्मक प्रभाव पर्ने तथा हावापानी पनि सफा र स्वच्छ हुने बताए ।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका उपमेयर रिता कुमारी मिश्र, वडा नम्बर-९ का वडाध्यक्ष परमेश्वर साह, वन कार्यालयका देवशरण यादव, जिल्ला युवा सञ्जालका कुलदिप साह, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-२ का वडासदस्य राजकुमार ठाकुर, वडा नम्बर-९ का भरत साह, बद्रि नारायण मल्लिक, किरण कुमारी साह, सुशीला शर्मा, अर्जुन साह, आनन्द ठाकुर, सञ्चारकर्मी ज्योति झालगायत स्थानीयबासीहरूको समेत सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्