सभामुख सापकोटाको सवारी चालकमा कोरोना संक्रमण पुष्टि



काठमाडौंः संघीय संसदका सभामुख अग्नि सापकोटाको अगुवा सवारी चालक प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रहरी हेडक्वार्टरमा ठूलो संख्यामा सुरक्षाकर्मीमा संक्रमण देखिएपछि ती चालकको पनि परीक्षण गरिएको र उनको रिपोर्ट पोजेटिभ आएको हो ।

संक्रमित प्रहरीहरु प्रहरी हेडक्वार्टरमा बस्ने गरेका छन् । साउन ६ गतेसम्म सभामुख सापकोटाको अगुवा गाडी उनैले चलाएका थिए । उनलाई कोरोना संक्रमण पुष्टि भएपछि सभामुख निवासमा खटिएका सुरक्षाकर्मीलगायत सबैको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्