वीरगन्ज हेल्थ केयर हस्पीटल आजदेखि कोभिड अस्पतालमा परिणत, उपचार सेवा शुरु



पर्साः वीरगन्जको गण्डक बहुअरीमा रहेको वीरगन्ज हेल्थ केयर हस्पीटललाई आज देखी कोभिड अस्पतालको रुपमा संचालनमा ल्याउँने तयारी भएको छ ।

जिल्लामा लक्षण सहितका कोभिड बिरामीहरूको बढ्दो संख्यालाइ दृष्टिगत गरी हेल्थ केयर हस्पीटल संग सम्झौता सम्पन्न भएकोले आजदेखि कोभिड अस्पताल संचालनमा ल्याउँन लागेको पर्साका सहायक प्रमुख जिल्ला ललित कुमार बस्नेतले जानकारी गराए ।

उनले भने, लक्षण सहित संक्रमित भेटिएका विरामीलाई आज देखि नै अस्पतालमा भर्न गरी उपचार व्यवस्थापन अघि बढ्नेछ । कोभिड अस्पताल संचालनमा सहयोग, समन्वय र सहकार्यको लागि सबैमा हार्दिक अनुरोधसमेत उनले गरेका छन् ।

पर्सा जिल्लामा संक्रमितको संख्या हवात् बढेपछि त्यसको व्यवस्थापन हुन सकेको थिएन् । नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालको शैया ५० मात्र छ । तर जिल्लामा संक्रमितको संख्या बढेर १९० पुगेर छ । र उनीहरुलाई अहिलेसम्म होम आईसोलेशनमै राखिएको छ ।

उचित आईसोलेशनको व्यवस्थापन हुन नसक्दा होम आईसोलेशनमा राखिएको थियो । जसले गर्दा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार होम आईसोलेशन व्यवस्थित नहुँदा संक्रमितबाट आफ्नै परिवारको सदस्यमा थप फैल्न सक्ने सम्भावना बढी रहदै आएको थियो ।

बढ्दो कोरोना संक्रमणको जोखिमलाई न्यनिकरण गर्नको लागि हेल्थ केयर होस्पीटलका संचालक डाक्टर अबुलैश अंसारीले अगाडी बढ्दै कोभिड अस्पताल संचालनको लागि अस्पताल उपलब्ध गराउँने सहमत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्