दार्चुलामा बाढी पहिरोमा परि ३ घर बग्यो


दार्चुलाः दार्चुलामा बाढीपहिरोले तीन घर पुरिएका छन् भने दर्जन बढी घर जोखिममा परेका छन् ।

महाकाली नगरपालिका-२ को मैखोलीमा बाढीपहिरोले तीन घर पुरिएका र दर्जनौँ घर जोखिममा परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाढीपहिरोले मानवीय क्षति भएको छैन ।

शनिबार बिहान आएको पहिरोले गगन पार्कीको दुईतले घर बगाएको र पशु चौपायालाई सुरक्षित स्थानमा सारिएकोे छ । यस्तै सोही ठाउँमा रहेका कालु भुल, मने भुल, र परे भूलको संयुक्तरुपमा निर्माण भएको तीनतले घर पनि बाढीपहिरोले बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भाष्कर चन्दले जानकारी दिए ।

यसैगरी बाढीपहिरोले सोही ठाउँका ललितराम पार्कीको दुईतले घर बगाएको छ । लास्कुखोला र आसपासबाट आएका खोलाले बाढीपहिरो निम्त्याएको हो । यस्तै प्रहरीले सोही ठाउँका कालुसिंह भुलको चौपायालाई जीवितै उद्धार गरेको छ । बाढीपहिरोले मानमती पार्की, हरकसिंह साहु, पारस साहुको घर पूर्णरूपमा जोखिममा परेको छ भने मानिस र पशुचौपायाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

यस्तै बाढीपहिरोले मनिराम भुल, परे भुल, अमिरा पार्की, ललितराम पार्की, रुकुम पार्की र गगन पार्कीको घर पनि जोखिममा परेका प्रहरीले जनाएको छ । बाढीपहिरोका कारण खार–खलङ्गा सडकखण्ड पूर्णरूपमा अवरुद्ध छ । अहिले स्थानीयवासीलाई सुरक्षाकर्मीको सहयोगमा सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ । सडक अवरुद्ध भएका कारण उद्धारमा समेत ढिलाइ भएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

नेपालगन्जः प्रदेशसभाको सार्वजनिक लेखा समितिले सवारी साधन मर्मतमा भएको अनियमितताको छानविन शुरु गरेको छ ।

काठमाडौंः यो वर्षको सबैभन्दा धेरै उल्ला वर्ष बुधबार रातिदेखि बिहीबार बिहानसम्म हुँदैछ । नेपाल एस्ट्रोनोमिकल

काठमाडौं : नेपालमा थप ४ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै

जनकपुर : जनकपुरस्थित जानकी हेल्थ केयर अस्पतालमा गत सोमबार मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण

सिन्धुली : समुदाय स्तरमा कोरोना संक्रमण फैलिनसक्ने आंशकामा सिन्धुली जिल्ला सदरमुकामस्थित कमलामाई नगरपालिका एक साताका

पेरिस : महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट विश्वभर दुई करोडभन्दा बढी मानिस संक्रमित भएका छन्

मोरङ : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मोरङका ५५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं । कालापानी क्षेत्रमा उत्पन्न सीमा विवादका कारण केही समयदेखि संवादहीनताको अवस्थामा रहेको नेपाल र

काठमाडौं : ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा मृत्यु भएकी एकजना महिलाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ

जनकपुरधाम : कोरोना संक्रमणबाट जनकपुरका पूर्वमेयर तथा होटल रामाका सञ्चालक कृष्ण गिरीको मृत्यु भएको छ

बुटवल : बुटवलको कोरोना विशेष अस्थायी अस्पतालको आइसोलेसनमा भर्ना भएका कपिलवस्तुका दुई जना पुरुषको मृत्यु

बाजुरा : गौमूल गाउँपालिका–२ अजयटोड्की गाउँमा उद्धारका लागि गएको प्रहरी र गाउँपालिकाको टोली फिर्ता भएको