प्रधानमन्त्री चढेको विमान होल्ड प्रकरणः एटीसीको कान जाँच्नू



काठमाडाैंः प्रधानमन्त्री केपी ओली चढेको विमान होल्डमा राखिएको विषयमा अध्ययन गर्न बनाइएको छानबिन समितिले काठमाडौं विमानस्थलमा रहेका एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को कान जाँच्नुपर्ने प्रतिवेदन दिएको छ ।

सहसचिव सुरेश आचार्यले सोमबार संस्कृती पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढालाई बुझाएको प्रतिवेदनमा यस्तो उल्लेख गरिएको मन्त्रालय स्रोतले बतायो । अघिल्लो मंगलबार प्रधानमन्त्री ओली चढेको विमान गृहजिल्ला झापाको भद्रपुर विमानस्थलबाटं फर्कदै गर्दा काठमाडौंमा अवतरण गर्ने क्रममा ६ मिनेट हाराहारी होल्डमा परेको थियो । कान्तिपुर दैनिकमा खबर छापिएको छ । 

प्रतिक्रिया दिनुहोस्