ट्राफिक प्रहरीलाई घुस दिन खोज्दा एक चालक पक्राउ



जनकपुरधामः धनुषामा ट्राफिक प्रहरीलाई घुस दिने एकजना चालक पक्राउ परेका छन् ।

कारबाही गर्ने क्रममा ट्राफिकलाई २ हजार रुपैयाँ घुस दिन खोज्दा उनी पक्राउ परेका हुन् ।
धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर–७ लक्ष्मीनिया चौकमा शनिबार दिउँसोको समयमा सर्लाहीबाट जनकपुरधाम तर्फ आउँदै गरेको बीआर ०६ पीई ०६५८ नम्बरको भारतीय नम्बर प्लेटको स्कारपियो गाडीलाई चेकजाँच गर्ने क्रममा त्यहाँ खटिएको ट्राफिक सहितको संयुक्त चेकिङ टोलीले चेकजाँच गर्दा गाडीको भन्सार नभएपछि गाडीका चालक सर्लाहीको ईश्वरपुर नगरपालिका–९ बयलबास बस्ने अन्दाजी ३० वर्षीय राम विश्वास पटेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

नियन्त्रणमा लिईएको सो गाडीलाई आवश्यक कारबाहीका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषामा पठाईएकोमा गाडीका चालक पटेलले ट्राफिक कार्यालयमा पुगेपछि गाडी छोड्न ट्राफिक प्रहरीलाई २ हजार रुपैयाँ घुस दिन खोज्दा उनलाई पक्राउ गरिएको एसपी बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्