हजारको नेपाली नोट फोटोकपी गरी कारोबार गर्ने पक्राउ



काठमाडौंः प्रहरी नेपाली नोट फोटोकपी गरेर कारोबार गर्ने एक जनालाई काठमाडौंबाट पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका ३१ शान्तिनगरस्थित नोगेन्द्र कान्छा चोकबाट स्याङ्जाका नारायण पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले स्याङ्जा चापाकोट नगरपालिका(५ का पौडेलको साथबाट १ हजार दरको १० वटा नक्कली नेपाली नोटसहित शुक्रबार पक्राउ गरेको जनाएको छ ।

पौडेलको सुविधा स्टेशनरीभित्र नक्कली नोट फोटोकपी गरी प्रयोगमा ल्याउने गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बानेश्वरबाट अनुसन्धानमा खटिएको टोलीले उनलाई फोटोकपी गर्दै गरेको अवस्थामा फेला पारेको जनाएको छ ।

स्टेशनरीबाट कलर प्रिन्टर १ थान, सक्कली एक हजार दरको नोट १ थान समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्