भरूवा बन्दुकसहित युवक पक्राउ



पाल्पा: पाल्पाको रैनादेवि छहरा गाउँपालिका ६, गुहारठाना बस्ने २१ वर्षीय तिलकबहादुर रास्कोटीलाई एक थान भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी बल्डेङगढीबाट खटिएको प्रहरीले उनलाई बाँदर धपाउन भन्दै उक्त बन्दुक लिएर हिँड्दै गरेको अवस्थामा शुक्रबार दिउँसो फेला पारी पक्राउ गरेको हो । उनीविरुद्ध प्रहरीले हातहतियार खरखजाना मुद्दामा अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्