१९ लाख रुपैयाँसहित महोत्तरीमा २ जना पक्राउ



महोत्तरीः स्रोत नखुलेको साढे १९ लाख रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महोत्तरीको लोहापट्टी नगरपालिका-१ बगडाका २४ वर्षीय रविन यादव र २८ वर्षीय रामईश्वर यादव शुक्रबार पक्राउ परेका हुन् । दुवै जना २-०२-००१ प ०४८८ नम्बरको मोटरसाइकलमा जनकपुरतर्फ जाँदै गर्दा पक्राउ परेका हुन् । प्रहरीले मोटरसाइकलसमेत नियन्त्रणमा लिएकोछ ।

जलेश्वर नगरपालिका–२ जिरोमाइलमा नियमित चेकजाँचमा खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट १९ लाख रुपैयाँ बरामद भएको र स्रोत खुलाउन नसक्दा पक्राउ गरिएको महोत्तरीका डिएसपी प्रकाश विष्टले जानकारी दिए । बरामद रकममध्ये एक हजारको १ हजार ६७५ वटा नोट र ५०० को ५५० वटा नोट रहेको डिएपसी विष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्