पेट्रोलियम पदार्थको मूल्य बढ्यो, हवाई इन्धन र ग्यासको मूल्य यथावत


काठमाडौंः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ ।

निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँका दरले वृद्धि गरेको हो । यस्तै डिजल र मट्टीतेलमा प्रतिलिटर १.५० रुपैयाँले वृद्धि गरेको छ ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पछिल्लो पटक इण्डियन आयल कर्पोरेशनबाट प्राप्त खरिद मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य केही बढेर आएकाले मूल्यमा केही वृद्धि गरिएको हो ।

यसअघि पेट्रोल प्रतिलिटर १०२ रुपैयाँ रहेकामा अब भने १०४ रुपैयाँ पुगेको छ । यस्तै डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ ५० पैसा रहेकामा अब बढेर ९० रुपैयाँ पुगेको छ ।

निगमले हवाई इन्धन र खाना पकाउने ग्यासमा भने मूल्य वृद्धि गरेको छैन । निगमले अहिलेको मूल्य समायोजनपछि पनि भारतीय सीमा रक्सोलसँग जोडिएको नेपालको शहर वीरगञ्जमा पेट्रोल प्रतिलिटर ३१ रुपैयाँ आठ पैसा र डिजलमा प्रतिलिटर ३६ रुपैयाँ ६९ पैसा नेपालतर्फ सस्तो रहेको छ ।

नेपालतर्फ पेट्रोलियम पदार्थ सस्तो हुँदा अनाधिकृत रुपमा भारततर्फ तस्करी समेत हुने गरेको छ । निगमले यसअघि भने जुलाई १६ मा इण्डियन आयल कर्पोरेशनबाट प्राप्त खरिद मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने भए पनि उपभोक्ताको हितलाई हेरेर मूल्य वृद्धि नगरेको समेत स्मरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौँ : राष्ट्रिय योजना आयोगको सदस्य सुशील भट्टलाई सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा

विराटनगरः बिराटनगरमा अप्पन ब्राह्मण समाजको प्रथम साधारण सभा सकिएको छ । शनिबार सगरमाथा पार्टी प्यालेस

काठमाडौ‌‌ : आज (सोमबार) थप ४ सय १८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ

काठमाडौंः ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयले बेरुजु फस्र्यौटमा उल्लेख्य सुधार गरेको छ । आर्थिक वर्ष

काठमाडौँ : संघीय संसद सचिवालयले राष्ट्रियसभाका संसदीय समितिहरूको सभापति चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको

काठमाडौं : ‘एसिड आक्रमणबाट म रतिभर पनि डराएकी छैन, आक्रमणकारीले मेरो अनुहार जलाए तर मेरो

वीरगञ्ज : सेना, प्रहरी र पत्रकारसहित पर्सामा थप ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको

सिन्धुपाल्चोक : मेलम्ची नगरपालिका–११ मा पहिरोले पुरिएर वेपत्ता भएका ८ जनामध्ये ६ जनाको शव भेटिएको

सिन्धुपाल्चोक : लगातारको वर्षापछि सिन्धुपाल्चोकको मेलम्ची–११मा आइतबार राति पहिरो जाँदा ८ जना वेपत्ता भएका छन्

काठमाडौं : सरकारले ज्येष्ठ नागरिक तथा बालबालिकाहरुलाई घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ । स्वास्थ्य

काठमाडौं : आर्थिक वर्ष २०७६/०७७ मा देशभर ५ सय ५५ जनाको हत्या भएको छ भने

काठमाडौं : काठमाडौं उपत्यकामा आइतबार थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य