पर्सामा थप एक महिलाको कोरोना सक्रमणबाट मृत्यु



वीरगन्जः पर्सामा थप एक महिलाको कोरोना सक्रमणबाट आज बेलुका मृत्यु भएको पुष्टि भएको छ ।

नारायणी बयोधा अस्पतालमा वीरगन्ज १६ नगवा कि उपचार्थ ६८ वर्षिय महिला शुक्रबार कोरोना सक्रमणको पुष्टि भएको थियो ।

सक्रमीत महिलालाइ आज बेलुका कोभिड अस्पताल गण्डकमा थप उपचारको लागि ल्याइदै गर्दा बाटो मै मृत्यु भएको कोभिड अस्पतालको इन्चार्ज डाक्टर निरज सिहले बताए ।

ज्वरो र निमोनिया भएपछि उनको उपचारका लागि बुधबार बयोधा अस्पतालमा भर्ना गरिएको थियो । कोरोनाको आशकामा उनको स्वाब सकलन गरि नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको थियो । शुक्रबार राती रिपोर्ट आउदा कोरोना सक्रमणको पुष्टि भएको थियो ।
स्वासप्रस्वासको समस्या समेत रहेका महिलालाइ कोभिड अस्पतालमा ल्यादै गर्दा बाटोमै मृत्यु भएको डाक्टर सिहले बताए ।

यसअघि बयोधा अस्पतालमा उपचारको क्रममा वीरगन्ज १६ नगवाकी ५० वर्षीया महिलाको शुक्रबार बिहान १० बजे मृत्यु भएको थियो ।

मृत्यु पश्चात उनमा कोरोना सक्रमणको पुष्टि भएको थियो । मृतक दुबै महिलाको शव अन्त्येष्टिको लागि नेपाली सेनालाइ जिम्मा लगाउने तयारी भइ रहेको कोभिड अस्पतालले जनाएको छ ।

यो सँगै पर्सा जिल्लामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । साउन यता कोरोना सक्रमणका कारण ११ जनाले ज्यान गुमाइ सकेका छन् । साउन १७ गते सम्म मृत्यु भएका ११ जना सबै वीरगन्जकै स्थानिय हुन् ।

साउन अघि वीरगन्जको अस्पतालमा मृत्यु भएका ४ जना मध्ये २ जना बाराका र १ जना रौतहटका हुन् । जेठ ३१ गते वीरगन्जको घण्टाघरमा वेवारिसे भेटिएका एक संक्रमितको शवको भने अहिलेसम्म पहिचान भएको छैन ।

प्रतिक्रिया दिनुहोस्