सात जना मिलेर विद्यालयलाई ३० रोपनी बढी जग्गादान



म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ शिखस्थित शिख माविलाई स्थानीय ७ जनाले ३० रोपनीभन्दा बढी जग्गा दान गरेका छन्। 

विद्यालयलाई भवन निर्माणका लागि जग्गा अभाव भएपछि स्थानीय व्यक्तिहरुले जग्गादान गर्नुका साथै जिल्ला मालपोत कार्यालयबाट कर्मचारीहरु गाउँमा नै बोलाएर जग्गाको रजिस्ट्रेसन पास गरी विद्यालयलाई उपलब्ध गराएका हुन्।

विद्यालयलाई जग्गादान गर्नेहरुमा पेसबहादुर पाइजाले ६ रोपनी ३ आना, डिलबहादुर पुन पाइजा, ६ रोपनी ८ आना, श्रीमती भाइसिरी पाइजाले ६ रोपनी ७ आना, प्रेमबहादुर पाइजा ६ रोपनी ३ आना, दलबहादुर पाइजा, श्रीमती नौमती राना, चमानसिंह राना र हिमलाल फगामीले गरी ६ रोपनीभन्दा बढी जग्गा विद्यालयलाई रजिस्टे«सन पास गरिदिनुभएको शिख माविका प्रधानाध्यापक केदारबहादुर कार्कीले जानकारी दिए। 

जग्गादाता र मालपोतका कर्मचारीहरूलाई विद्यालयले सम्मान गरेको थियो। आफ्नो जग्गालाई विद्यालयको नाममा नामसारी गरिदिन जग्गाधनीहरु विद्यालयमा नै उपस्थित भएका थिए। मालपोतका कर्माचारीको उपस्थितिमा जग्गा नापजाँच गरी अधिकांश जग्गा दाताहरूले रजिस्ट्रेसन पास गराइसकेको र लालपुर्जा बनाउन जिल्ला मालपोत कार्यालय बेनी जाने स्थानीय सेते तिलिजा पुनले बताएइ। 

प्रतिक्रिया दिनुहोस्