प्रशासनद्वारा हतियार बुझाउन अपिल, नबुझाउनेलाई कारबाही गरिने



म्याग्दी : जिल्ला प्रशासन कार्यालय म्याग्दीले इजाजतपत्र नलिएका, नवीकरण नभएका र स्वामित्व हस्तान्तरण नभएका हातहतियार बुझाउन अपिल गरेको छ।

सोमबार सूचना जारी गरी २०७६ वैशाख ५ गतेभित्र कानुनी हिसाबले अवैध हतियार बुझाए हतियार तथा खरखरजा राखेकै कारणले कारबाही नहुने जनाएको हो। हातहतियार बुझाउने आज अन्तिम म्याद हो। 

मन्त्रिपरिषद्को फागुन २८ गतेको निर्णयअनुसार अवैध हतियार बुझाउने मौका दिइएको प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ। प्रहरी चौकी, प्रशासन, प्रहरी कार्यालय वा नेपाली सेनामार्फत हतियार बुझाउन सकिने प्रजिअ लीलाधर अधिकारीले बताए।

तोकिएको अवधिभित्र स्वच्छाले नबुझाए त्यस्ता व्यक्तिउपर प्रचलित कानुनबमोजिम कारबाही हुने सीडीओ अधिकारीले बताए। 

 

प्रतिक्रिया दिनुहोस्