ट्राफिक प्रहरी संक्रमित भएपछि बग्गीखाना सिल, एसएसपीसहित ३७५ जना क्वारेन्टाइनमा



काठमाडौं : दुई जना ट्राफिक प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखा (बग्गीखाना) सिल गरिएको छ भने एसएसपी भिमप्रसाद ढकालसहित ३ सय ७५ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

बग्गीखानाका दुई जना ट्राफिकमा गत शुक्रबार कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई अस्पताल भर्ना गरिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख ढकालले भने– ‘मसमेत ३ सइ ७५ जना ब्यारेक–ब्यारेकमै छौं । अहिले महाशाखामा पूर्णलकडाउनको अवस्था छ ।’

ढकालका अनुसार अहिले कोरोना पुष्टि भएकाहरुको सम्पर्कमा आएकाहरुलाई बाहिर आउजाउ गर्न पूर्णरुपमा बन्द गरिएको छ । साथै आफूले समेत अरुसँग भेटघाट बन्द गरेको उनले बताए ।

महाशाखा मातहत ट्राफिक प्रहरीको जनशक्ति १५ सय ४५ जना छ । ३ सय ७५ जना क्वारेन्टाइनमा गएपछि १ हजार १ सय ७० जना जनशक्ति ट्राफिक व्यवस्थापनका लागि खटाइएको छ ।

प्रकाशित : साउन १८, २०७७

प्रतिक्रिया दिनुहोस्