कक्षा ९ मा अध्ययनरत साक्षात पन्तले गाए जातीय विभेदविरुद्ध गीत



काठमाडौं– ललितपुरस्थित ज्ञानोदय बालबालिकामा कक्षा ९ मा अध्ययनरत १४ वर्षीय साक्षात पन्तले जातीय विभेदविरुद्ध र्याप गीत गाएका छन्। उनको आफनै शब्द र लयमा रहेको र्याप गीतको म्युजिक भिडियो आज आफनै यूट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन्।

समाजमा भइरहेको जातीय विभेदविरुद्धको आवाजको रुपमा उनले यो गीत गाएको बताएका छन्।
पन्तको गीत एक दलित युवकविरुद्ध तथाकथित उच्च जातीमा मानिसहरुले गरेको क्रुरताको कल्पना हो।

म्युजिक भिडियोमा जातीय भेदभावको समाप्ती र दलितहरूका लागि समानताको हकको माग गरिएको छ।

“जातीय विभेदको बिषयमा गीतमार्फत अभिव्यक्ति दिन पाउँदा म खुसी छु। म चाहन्न कि कुनै पनि दलितले जातीय भेदभावको कारण ज्यान गुमाउन परोस । अब म हाम्रो समाजमा रहेका विभिन्न प्रकारका सामाजिक कुरीति र हिँसाविरुद्ध आवाज उठाउँदै जानेछु,” साक्षात् भन्छन्।

‘तर, म दलित’ म्यूजिक भिडियोमा कोरस गायनका रुपमा उनलाई साथ दिएकी छिन् अदिती अधिकारीले । अमन प्रधानले गीतको कोरस मेलोडि कम्पोज गरेका हुन् भने भिडियोमा जीवन रिजालको छायांकन र बिकास दाहालको सम्पादन रहेको छ। संगीत संयोजन र म्युजिक भिडियाको निर्देशन राहुल प्रधानले गरेका हुन्।

भिडियो लिंक :

प्रतिक्रिया दिनुहोस्