पुल बनेपछि तीनघण्टाकाे बाटो १५ मिनेटमै



म्याग्दी : म्याग्दीका दुई स्थानीय तह जोड्ने झोलुंगे पुल निर्माण भएपछि तीन घण्टाको बाटो १५ मिनेटमै छोट्टिएको छ। 

जिल्लाको रघुगंगा गाउँपालिका ३ मौवाफाँट र बेनी नगरपालिका ९ घतान जोड्ने पुल निर्माण भएपछि भीर, जंगल, खोल्साखोल्सी भएको बाटोमा घुमाउरो यात्रा गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ। पुल निर्माणको अगुवाइ गरेका नेकपाका जिल्ला नेता बालकृष्ण सुवेदीका अनुसार पुलको निर्माणसँगै दुवै क्षेत्रका जनतालाई आवतजावतमा सहज हुनुका साथै आन्तरिक तथा बाह्य पर्यटकको चहपहलसमेत बढेको छ। 

पुलको लम्बाइ १ सय २५ मिटर छ। पुल बनेपछि बेनी नगरपालिकाको घतान, तोरीपानीलगायत क्षेत्रबाट सवारीसाधनमा घुमेर आवतजावत गर्नुभन्दा स्थानीयलाई पदैलै रघुगंगा गाउँपालिका पिप्ले, मौवाफाँटलगायत क्षेत्र जना सहज भएको काउलेगौडाका स्थानीय तेजेन्द्र बानियाँले बताए। 

अहिले पुल हेर्नकै लागि भनी टाढा टाढाबाट पनि मानिसहरु आउन थालेका छन्। कुल ५९ लाखको लागतमा पुल निर्माणसम्पन्न भएको हो। सँगै पर्यटनका अन्य आकर्षणबारे समेत छलफल हुने बेनपा ९ का वडाध्यक्ष बेलबहादुर चोखालले बताए। 

प्रतिक्रिया दिनुहोस्