आमाको सक्रियताले रोकियो छोरीको बालविवाह



मकवानपुरः आमा सचेत र सक्रिय हुँदा मकवानपुरको थाहा नगरपालिका–४ नारायणझ्याउमा बालविवाह रोकिएको छ । औपचारिक शिक्षाको कमी भए पनि बालविवाह हुन दिनुहुन्न भन्ने सचेतनाले आफ्नै आमाबाट बालविवाह रोकिएको यो मकवानपुरको पहिलो घटना हो ।

वडा नं ४ नारायणझ्याउकी ५० वर्षीया फूलमाया थिङले आफ्नै छोरीको बालविवाह रोकेकी हुृन । अर्को गाउँको २० वर्षीय केटाले १४ वर्षीया छोरीलाई भगाएर लगेको थाहा पाउने बित्तिकै उनी बालविवाहविरुद्ध उत्रिइन ।

छोरीको बालविवाह हुन लागेको भन्दै उनले वडाध्यक्ष दीपकसिं लामालाई फोन गरेकी थिइन । वडाध्यक्ष लामाले आफ्नै वडामा बालविवाह भएको सूचना पाउने बित्तिकै सामाजिक विकास मन्त्रालयमा खबर गरिन् । लगत्तै मन्त्रालयले बालविवाह रोक्न तदारुकता देखायो र सरोकारवालाको पहलमा बालविवाह रोकियो ।

बालविवाहमुक्त बाग्मती प्रदेश अभियानकी सहजकर्ता पविना लामा, शिविन बाल हेल्पलाइन हेटौंँडाका प्रमुख झविन्द्र ज्ञवाली, वडाध्यक्ष लामा, थाहा नगरपालिका महिला तथा बालबालिका शाखाकी प्रमुख प्रतिमा लामा, वडा सचिव पाल्साङ लामा, लेकाली बसिफाँट माविका अध्यक्ष विनोदकुमार लामालगायतको टोली गाउँमै पुगेर सम्झाइबुझाई गरेपछि बालविवाह रोकिएको छ ।

तामाङ संस्कारमा माइतीले केटा पक्षको प्वाङ (सगुन)नस्वीकारेसम्म बिवाहको कल्पनासम्म पनि गर्न सकिँदैन । केटाकेटी भागेर विवाह गरे पनि माइतीले प्वाङ नखाएसम्म त्यस्तो विवाहलाई मान्यता दिइँदैन । (रासस)

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मन्त्रिपरिषद् पुनर्गठनबारे

काठमाडौं : बजारमा स्वस्थ मान्छेको ज्यान लिने विषाक्त रसायन मिसाइएका स्यानिटाइजर फेला पर्ने क्रम रोकिएको

काठमाडौं : सरकारले कोरोना महामारीका कारण नेपालमा बन्द रहेको पदयात्रा र पर्वतारोहण खुला गरेको छ

काठमाडौं : महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमणबाट एक कर्मचारीको मृत्यु भएको छ । अस्पतालमा

काठमाडौं : धरानमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बीपी कोइराला

दिक्तेल : खोटाङको दिप्रुङ चुएचुम्मा गाउँपालिकाभित्रका ४८ विद्यालयमा सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षा तथा

काठमाडौंः सरकारले असोज ८ र १२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ ।

धरानः धरान उपमहानगरपालिका-२ की कोरोना संक्रमित महिलाको उपचारको क्रममा आज (सोमबार) मृत्यु भएको छ ।

काठमाडौं : १६ वर्ष मुनिका बालिका बलात्कार गरी हत्या गर्ने घटनाविरुद्धका कानुनी प्रावधानमा कडाइ पार्नका

काठमाडौं : यातायता व्यवस्था विभागले असोज २० गतेबाट दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको

काठमाडौं– संघीय संसदमा प्रतिनिधित्व गर्ने महिला सांसदहरुले संविधान संशोधन गरेर १६ वर्ष मुनिका बालिकालाई बलात्कार

काठमाडौंः प्रधानमन्त्री एवंं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रिपरिषद