सुनको मूल्य प्रतितोला लाख पुग्न ४ सय बाँकी



काठमाडौं : नेपाली बजारमा सुनको मूल्यले वनयाँ रेकर्ड राख्ने क्रम जारी छ । आज (आइतबार) साताको पहिलो दिन छापावाल सुनको मूल्यमा तीन सयले वृद्धि भएर ९९ हजार ६ सयमा कारोबार भइरहेको छ ।

गत शुक्रबार छापावाल सुन प्रतितोला ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुनको मूल्य पनि प्रतितोला २ सय ९५ रुपैयाँले बढेर ९९ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार प्रतितोला ९८ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी शुक्रबारको तुलनामा आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । बिहीबार १ हजार २ सय २५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी शुक्रबार भने २५ रुपैयाँ घट्दै १२ सयमा कारोबार भएको थियो । आइतबार भने चाँदी प्रतितोला ३० रुपैयाँले बढेर १ हजार २ सय ३० रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित : साउन १८, २०७७

प्रतिक्रिया दिनुहोस्