चार घण्टा बसेर सकियो ओली–प्रचण्डबीच छलफल



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वयसहितका नेताहरुबीच भएको वार्ता सकिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बिहान बसेको बैठक करिब ४ घण्टा बसेर भर्खरै सकिएको बालुवाटार स्रोतले जनाएको छ ।

वार्तामा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झनाथ खनाल, संसदीय दलका उपनेता सुवास नेम्वाङलगायतका नेता सहभागि थिए ।

यद्यपी, बैठकमा भएको कुरा भने सार्वजनिक गरिएको छैन । तर, दुबै अध्यक्षबीच छलफललाई निरन्तरता दिने सहमत भएको बालुवाटार स्रोतले बताइएको छ ।

यसअघि गत मंगलबार प्रचण्ड र ओलीबीच सम्वाद भएको थियो । उक्त दिन पार्टीले बोलाएको स्थायी कमिटीको बैठकमा सहभागी हुन पुगेका प्रचण्ड र खनालले बैठक स्थगित भएपछि ओलीलाई भेट गरेका थिए ।

प्रधानमन्त्री ओलीलाई उक्त बैठकमा स्थगित नगरी सहभागी हुन अनुरोध गरे पनि उनी सहभागी भएका थिएनन् । बैठकमा ओली सहभागी नभएपछि प्रचण्ड र अर्का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका २९ जना स्थायी कमिटी सदस्यहरु बैठक बसेका थिए । बैठकले एकलौटी रूपमा ओलीले बैठक रोक्नु विधानविपरीत भएको बताएका थिए ।

सोही दिन साँझ प्रधानमन्त्री ओली उपाध्यक्ष वामदेव गौतमलाई भेट्न उनको निवास भैँसीपाटी पुगेका थिए ।

प्रकाशित : साउन १८, २०७७

प्रतिक्रिया दिनुहोस्