प्रकाश सपुतको ‘बदला बरिलै’ (भिडियोसहित)



काठमाडौं : गायक प्रकाश सपुतको ‘बदला बरिलै’ बोलको गीत युट्युब रिलिज भएको हो । गीतमा प्रकाश सपुतको शब्द तथा संगीत रहेको छ भने देवी घर्तीले स्वर दिएकी छिन् । 

गीतको भिडियोमा गायिका बन्ने सपना देखेकी एक किशोरीको कथा देखाइएको छ । ‘बदला बरिलै’ मा नायिका केकी अधिकारी फिचर्ड छिन् ।  

अन्य कलकारहरू ध्रुव कोइराला, हिउँवाला गौतम, अर्जुन आचार्य, भद्र कुँवर र सन्ध्या गौतम बरालको पनि अभिनय रहेको छ ।

भिडियोको निर्देशन तथा परिकल्पना प्रकाश सपुत स्वयंले गरेका हुन् । यस लोक गीतको क्रिएटिभ निर्देशकका रुपमा देवेन्द्र बाबलु छन् ।

प्रतिक्रिया दिनुहोस्