विस्थापित परिवारको घर प्रदेश सरकारले बनाइदिने




सुर्खेत : केही दिनअघि आएको बाढी पहिरोले विस्थापित परिवारको घर कर्णाली प्रदेश सरकारले निर्माण गरिदिने भएको छ ।
कर्णाली प्रदेश सरकार मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । कर्णाली प्रदेश सरकारका प्रवक्ता विमला केसीका अनुसार बाढी पहिरोमा परेर घर भत्काएहरुको आवास प्रदेश सरकारले निर्माण गर्ने निर्णय गरिएको हो ।

प्राकृतिक विपद्को घटनाबाट पूर्ण रुपमा घर क्षति भइ विस्थापित परिवारलाई आवास निर्माणको लागि राहतस्वरुप प्रति परिवार एक लाख रुपियाँ तत्काल उपलब्ध गराइने उनले बताइन् ।

‘कर्णाली प्रदेशअन्तर्गत विभिन्न स्थानमा बाढी पहिरोमा परेर धेरै घरबारबिहीन भएका छन्’ केसीले भनिन्, ‘बाढी पहिरोमा परेर घरबार बिहिन भएका परिवारलाई तत्काल आवास निर्माणका लागि रकम उपलब्ध गराउने निर्णय भएको छ ।’
यस्तै प्राकृतिक विपद्बाट क्षति भएका घरपरिवारका लागि तीन महिना पुग्ने खाद्यान्नसमेत उपलब्ध गराउने निर्णय प्रदेश सरकारले गरेको उनले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्