प्लास्टिक सर्जरीपछि बलिउडमा नाम कमाएका कलाकारहरु



एजेन्सी : कलाकारहरु आफ्नो सौन्दर्य प्रदर्शन गर्नको लागि कुनै कसुर छोड्दैनन । उनीहरुलाई हरेक समय लाग्ने चिन्ता भनेकै सधैँ जवान देखिनु हो । हामीले पर्दामा देख्दा जति सुन्दरी देखिन्छन् वास्तविक जीवनमा त्यस्तो हुँदैनन् । त्यसैले बलिउडका केही कलाकारले आफ्नो प्राकृतिक अनुहारलाई अझ उत्कृष्ट बनाउन प्लास्टिक सर्जरी गरेका छन् ।

शिल्पा शेट्टी :- शिल्पा शेट्टीले ‘बिग ब्रदर’ जितेपछि उनको धेरै अन्तर्वाता आए । एक अन्तराष्ट्रिय च्यानलले उनको बारेमा डकोमेन्ट्री बनायो । जसमा उनले नाकको प्लास्टिक सर्जरी गरेको खुलासा भएके थियो ।

This image has an empty alt attribute; its file name is ru5-175322.jpg

उनले अभिनय गरेको फिल्म ‘बाजिगर’ मा उनको लुक्स निकै फरक थियो । उनले आफूले सर्जरी गरेको कुरा स्वीकारेकी छन् । आज पनि उनको सौन्दर्यको लाखौँ मानिसहरु फ्यान छन् ।

आयशा टाकिया :- सलमान खानको सुपरहिट फिल्म ‘वान्टेड’ मा काम गरेपछि आयशा चर्चामा आएकी थिइन् । तर समाजवादी पार्टीका नेता अबु आजमीका छोरा फरहान आजमीसँग विवाह गरेपछि फिल्मबाट टाढा नै रहिन् । उनी सामाजिक सञ्जालमा पनि निकै लामो समयपछि फर्केकी थिइन् । जसमा उनलाई निकै फरक रुपमा देखिएको थियो ।

This image has an empty alt attribute; its file name is aaaaaaa.jpg

उक्त तस्बिरमा ओठ मोटो देखिएको थियो । सामाजिक सञ्जालमा केही चर्चा हुनु अगाडी नै उनले आफूले प्लास्टि सर्जरी नगराएको बताएकी थिइन् । तर उनको यस्तो प्रतिक्रियासँगै दर्शकले उनलाई प्लास्टिक सर्जरी गरेर पनि झुट बालेको आरोप लगाएका थिए ।

अनुष्का शर्मा :- केही समय अगाडी ‘कफी विद करन’ मा अनुष्का शर्माले आफ्नो बारेमा निकै रोचक घटना सुनाएकी थिइन् । ‘रब दे बना दी जोडी’ फिल्मको सुटिङको क्रममा आदित्य चोपडाले अनुष्कालाई तिमी राम्री छैनौ भन्दै जिस्काएका थिए । त्यसको केही समयपछि अनुष्काको एक तस्बिर सार्वजनिक भएको थियो । जसमा उनले ओठको सर्जरी गराएकी थिइन् ।

This image has an empty alt attribute; its file name is anus.jpg

सामाजिक सञ्जालमा त्यो तस्बिर निकै भाइरल भएको थियो तर अनुष्काले एक विज्ञप्ति निकालेर उनले फिल्म ‘बम्बे भेलभेट’ को लागि ‘लिप एनहान्स लुल्स’ को प्रयोग गरेको बताएकी थिइन् । जुन एक प्रकारको मेकअप जस्तै हो भनेकी थिइन् । दर्शकले प्लास्टिक सर्जरी विना यस्तो ओठ कसरी हुन्छ भनेर खोजि गरिरहे तर आज पनि अनुष्काको ओठ उस्तै छ ।

प्रियंका चोपडा :- प्रियंका चोपडाको सेक्रेटरीसँग झगडा परेपछि उनको बारेमा केही राजहरु खुलेका थिए । जसमध्येका एक उनले नाकको प्लास्टिक सर्जरी गराएकी थिइन् । यही समयमा उनले धेरै फिल्मको अफर पनि गुमाएकी थिइन् । केही फिल्ममको अग्रिम लिएका पैसा फर्काउनु परेको थियो ।

This image has an empty alt attribute; its file name is pppp.jpg

सन् २००० मा मिस वर्ल्ड जितेपछि निर्माता विजय अलागीले बबी देवलको साथमा फिल्मको लागि अफर गरेका थिए तर पछि उनको नाक निकै ठूलो भएको कारण फिल्ममा खेलाएनन् । उनले नाककै कारण धेरै फिल्मको अफर अस्वीकार गर्नु पर्यो । फिल्म साइन गरेपछि पनि निकालिएकी थिइन् । केही समयपछि उनले नाकको प्लास्टि सर्जरी गराइन् जसले उनको भाग्य चम्कायो ।

मौनी राय :- सलमान खानको फिल्म ‘भारत’ पछि मौनी रायले धेरैका ध्यान आफूतर्फ तानेकी थिइन् । उनको ओठ पहिलेको भन्दा धेरै ठूलो देखिएको थियो । केही मिडियाले उनलाई ट्रोल गर्न सुरु गरेका थिए । मानिसहरुले राखी शावन्तसँग तुलना गरे ।

सन् २०१६ मा प्लास्टिक सर्जरी गर्दा केही बिग्रेको खबर सार्वजनिक भएको थियो । एक टिभि कार्यक्रममा उनलाई निकै ओठको सर्जरी गराएको हो भन्ने प्रश्नमा उनी निकै आक्रोशित भएकी थिइन् । उनले आफूले सर्जरी गरेको स्वीकारेकी छैनन ।

प्रतिक्रिया दिनुहोस्