यस्ता छन् ‘केजिएफ-२’का अधिरा



एजेन्सी : यस वर्षको प्रतिक्षित भारतीय चलचित्रको सूचिमा रहेको ‘केजिएफ-२’ अभिनेता संजय दत्त र अभिनेत्री रविना टण्डनका कारण पनि अझै चर्चामा रहेकाेछ ।

संजय यस चलचित्रमा प्रमुख खलनायकको भूमिकामा आउँदै छन् । यस चलचित्रमा संजय ‘अधिरा’को भूमिकामा देखिदैंछन् ।

संजयको जन्मदिनको अवसर पारेर उनको नयाँ लुक सार्वजनिक गरेका थिए । उक्त लुकमा संजयलाई खतरनाक अवतारमा देखाइएको छ ।

भारतीय संचारमाध्यमका अनुसार उनकाे यस लुकलाई प्रशंसकहरूले धेरै नै मनपराइरहेका बताएकाे छ । यसअघि ‘अग्नीपथ’मा उनले निर्वाह गरेको ‘कान्चा चिना’ पनि दर्शकहरूलाई एकदमै मनपराएका थिए ।

आफ्नो इन्स्टाग्राम एकाउन्टमा ‘केजिएफ-२’को लुक सार्वजनिक गर्दै संजयले, ‘यस चलचित्रमा काम गर्नु एकदमै गर्वको कुरा हो । जन्मदिनमा यो भन्दा राम्रो उपहार के माग्न सक्छु ? फ्यानहरूको माया र साथका लागि धेरैधेरै धन्यवाद’, भनेर लेखेका छन् ।

कन्नड भाषाको हालसम्मकै सर्वाधिक महँगो मानिएको यस चलचित्रमा एस र श्रीनिधि शेट्टी प्रमुख भुमिकामा रहेका छन् । चलचित्रलाई प्रशान्त निलले निर्देशण गरेका हुन् ।

झण्डै ५० देखि ८० करोड भारूको बजेटमा निर्माण भएको केजिएफले वक्सअफिसमा २ सय ५० करोड भारू कमाइ गरेको थियो ।

जारी कोरोना कहर शान्त भएमा चलचित्र अक्टुवर २३ मा रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्