महानायकको चक्करमा निरुता सिंहलाई तनाव !



काठमाडौँ : नेपालमा करिब ४० वर्ष फिल्म क्षेत्रमा काम गरेका भुवनलाई नायिकाले दुर्व्यवहारको आरोप लगाउँदै विवादित बनाएपछि मुम्बइमा रहेकी नायिका निरुता सिंहले नायक भूवन केसीका बारेमा प्रतिकृया दिएकी छन् ।

उनले भुवन केसी आफ्ना लागि रियल हिरो भएको बताएकी छन् । सामाजिक सञ्जालमा स्टाट्स लेख्दै निरुताले भुवनलाई ‘मेरो सपनाको महानायक’ भनेपछि उनी विवादमा तानिएकी हुन् । हमालका फ्यानले निरुतालाई ट्रोलिङ गर्न थालेका छन् ।

केहि दिन अघि कलाकार तथा निर्देशक दीपाश्री निरौलाले ‘राजेश हमाल महानायक हो र ?’ भन्दै प्रश्न गरेपछि यो ठूलो बहसको विषय बनेको थियो ।

उक्त घटना साम्य हुन नपाउँदै यतिबेला फेरी निरुता सिंहले भुवनलाई ‘मेरो सपनाको महानायक’ भनेपछि उनी विवादमा तानिएकी छन् । हमालका फ्यानले निरुतालाई ट्रोलिङ गर्न थालेका छन् ।

आफु नयाँ कलाकार हुँदा नै नायक भुवनले निकै सहयोग गरेको भन्दै निरुताले खुसी ब्यक्त गरेकी छन् । नायिका सिंहले भुवनसँगको चलचित्र ‘दक्षिणा’बाट चलचित्र क्षेत्रमा डेब्यू गरेकी हुन् । एक वर्ष अघि केही समयका लागि नेपाल आएकी निरुताले फेरी पनि नायक केसीले निर्माण गरेको चलचित्र ‘क्याप्टेन’को एउटा गीतमा अभिनय गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्