सुशान्तकी बहिनि श्वेता सिंहले प्रधानमन्त्री मोदीलाई लेखिन् यस्तो ट्वीट



एजेन्सी : बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या बारे निष्पक्ष छानविन गराउन उनको बहिनी श्वेता सिंह कीर्तिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसग गुहार मागेकी छन् ।

श्वेताले प्रधानमन्त्री मोदीलाई ट्वीट गर्दै दाजु सुशान्तको आत्महत्या प्रकरणको तत्काल छानविन गर्न अनुरोध गरेकी छन् ।

उक्त ट्वीटमा उनले लेखेकी छन्, ‘सुशान्त सिंह राजपुतकी बहिनी भएको नाताले मेरो दाजुको आत्महत्या प्रकरणको तत्काल छानबिन गर्न अनुरोध गर्दछु’, ‘हामी भारतीय न्याय प्रणालीमा विश्वास गछौं । त्यसैले, कुनै पनि मूल्यमा न्यायको आशा गर्दछौं ।’

दिन पहिले एबिपी टिभीको अनलाइन एबिपी लाइभमा बताए अनुसार बहिनि श्वेताले प्रधानमन्त्री मोदी सत्यको पक्षमा उभिएको आफूले हेर्न चाहेको बताउदैैँ उनले भनिन्, ‘तपाईँ सत्यको पक्षमा उभिनुहुनेछ भन्ने मेरो मनले चाहेको छ । हामी ज्यादै साधारण परिवारका मानिस हौं । जब मेरा दाजुले बलिउडमा प्रवेश गरेका थिए, उनीसँग कोही पनि गडफादर थिएनन् । न उनका कोही साथी–भाइ नै थिए’, श्वेताले लेखेकी छिन्, ‘न हाम्रो परिवारको अहिलेको जतिको हैसियत थियो । मेरो तपाईँलाई यही अनुरोध छ कि, तपाईँले यो मुद्दाप्रति तत्कालै छानबिन सुरु गराउनुहोस् । मलाईँ तपाईँले न्याय दिलाउने आशा छ ।’

प्रतिक्रिया दिनुहोस्