महाराष्ट्रका मुख्यमन्त्रीको बयानमाथि कंगनाको प्रहार



एजेन्सी : बलिउड नायिका कंगना रनावत निरन्तर मिडियामा छाइरहेकी छन् । कंगनाले सुशान्तले आत्महत्या गरेको नभई उनको योजनावद्ध रुपमा हत्या गरिएको आरोप लगाउँदै आएकी छन् ।

यसैबीच भारतको महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले कसैसँग प्रमाण भएको खण्डमा ल्याएर दिन आग्रह गरेका थिए । यो मुद्दा छानविनका लागि मुम्बई प्रहरी असक्षम नभएको उनको तर्क थियो । मुख्यमन्त्रीको यो भनाइपछि कंगना उनीमाथि भड्किएकी छन् । कंगनाको टिमले शनिबार ट्वीट गर्दै मुख्यमन्त्री ठाकरे माथि भड्किएका हुन् ।

कंगनाको टिमले ट्वीटमा लेखेका छन्– ‘कंगनाको बोली बन्द गर्नका लागि निकै धेरै कुरा भइरहेको छ । मुभी माफिया र राजनीतिक माफियाले सुशान्तको आत्महत्याको मुद्दामा हात मिलाएका छन् । उनीहरुलाई थाहा छ कि, कंगना कुनै पनि खालको धम्कीबाट डराउँदिनन् । यसैले मृत्युदेखि पनि नडराउने कंगनाका लागि सानातिना चाल चल्नु आवश्यक छैन ।’

कंगनाको टिमले महाराष्ट्रका मुख्यमन्त्रीमाथि पनि आक्रोश व्यक्त गरेको छ । ट्वीटमा लेखिएको छ–‘दुनियाँकै उत्कृष्ट मुख्यमन्त्री आफूलाई प्रमाण दिन भनिरहेका छन् । मुम्बई प्रहरीले सुशान्तको निधन भएको स्थानलाई सिल समेत गर्न सकेन, तर मुभी माफियाहरुका लागि उत्कृष्ट मानिएका मुख्यमन्त्री जनतासँग प्रमाण मागिरहेका छन् ।’

प्रतिक्रिया दिनुहोस्