काठमाडौं : नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसर पारेर ‘दिल खोलेर नाचिन्छ’ बोलको गीत सार्वजनिक गरिएको छ ।
उक्त गीतको भिडियोलाई एटके मोसन पिक्चर्सको आधिकारिक युट्युबमार्फत सार्वजनिक गरिएको छ ।
गीतमा साहिमा श्रेष्ठले स्वर दिएकी छिन् भने रेखा पन्तले शब्द सिर्जना गरेकी उक्त गीतको भिडियोमा नायिका नीता ढुंगानाले कम्मर मर्काएकी छन् । त्यस्तै गीतमा कोशिश क्षेत्रीले संगीत सिर्जना गरेका छन् ।
यस्तै भिडियोको सम्पादन मित्र डी गुरुङले गरेका छन् भने नवराज उप्रेतीले खिचेका हुन् । कोरियोग्राफी भने गोविन्द राईले गरेका छन् ।