‘जनअभिमत र जनमतसंग्रह शब्दको अर्थ एकै हो’



जनकपुरधाम : सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच भएको ११ बुँदे सम्झौतामा उल्लिखित ‘जनअभिमत’ शब्द र जनमतसंग्रह एकै भएको गठबन्धनका सदस्य सञ्जय यादवले बताएका छन्। अर्का सदस्य राजकुमार यादवले गठबन्धनले उठाएको एजेण्डा जनताकै मतबाट पूरा गर्न पार्टी गठन भएको जनाए। 

सिरहाको लहानमा दुईदिन सम्पन्न गठनबन्धनको बैठकपश्चात् सञ्चारकर्मीको जिज्ञासामा यादवले भने, ‘स्वतन्त्र मधेश गठबन्धन एउटा समूह थियो, समुहले मधेशी जनताका माग पूरा हुन नसक्ने भएकाले लोकतान्त्रिक प्रक्रियालाई अवलम्बन गर्दै जनताको मतबाटै पूरा गर्न जनमत पार्टी गठन गरिएको हो। 

गठबन्धनका अर्का सदस्य इरफान अहमदले भने, ‘हामीले उठाएको एजेण्डामा जनमतबाट पूरा गर्ने जिम्मेवारी मधेशी जनताकै हातमा छ।’ सोमबार सम्पन्न गठबन्धनको बैठकले नाम फेरेको छ। उसले डा.सीके राउतको अध्यक्षतामा जनमत पार्टी गठन गर्ने निर्णय गरेको छ। 

प्रतिक्रिया दिनुहोस्