आलियाले दिइन् ड्राइभर र हेल्परलाई घर नै ‘गिफ्ट’



एजेन्सी : बलिउडकी चर्चित नायिका आलिया भट्टले आफ्नो जन्मदिनमा आफ्नो ड्राइभर र हेल्परलाई खास उपहार दिएकी छिन् ।  

आलिया भट्टले आफ्नो २६ औँ जन्मदिन परिवार र साथीहरूसँग मनाएकी थिइन् । उनको जन्मदिनमा प्रेमी रणवीर कपुरले रोमान्टिक डेट प्लान गरेका थिए, तर त्यस दिन सबैभन्दा सानदार ‘गिफ्ट’ उनले आफ्नो ड्राइभर र हेल्परलाई दिइन् । रिपोर्टका अनुसार आलियाले दुवैलाई आफ्नो घर किन्नका लागि ५०–५० लाखको चेक दिएकी हुन् । 

आलियाको पहिलो फिल्म ­‘स्टुडेन्ट अफ द इयर’ देखि आज सम्म उनका ड्राइभर सुनिल र हेल्पर अनमोल काम गरिरहेका छन् । आफ्नो हरेक काममा दुवैजनाको साथ र सहयोग महत्त्वपूर्ण रहेको भन्दै आलियाले जन्मदिनको अवसर पारि उनीहरूलाई घर किन्न रकम दिएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्