प्रदेश २ मा आइतबार १ सय ३८ जना संक्रमित थपिए



जनकपुरधाम : प्रदेश नं.२ मा पछिल्लो २४ घण्टामा १ सय ३८ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ ।

जसअनुसार पर्सामा ७८ जना, सप्तरीमा ४८ जना, धनुषामा ८ जना, सिरहामा ३ जना र महोत्तरीमा १ जना व्यक्ति संक्रमित भएका छन् । योसँगै यस प्रदेशमा संक्रमितको संख्या ४ हजार ९ सय ६ पुगेको छ । संक्रमितमध्ये ४ हजार ४ सय ७५ पुरुष र ४ सय ३१ जना महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।

पर्सामा संक्रमण पुष्टी भएकाहरु वीरगञ्ज महानगरपालिका वडा नम्बर–३ देखि १३ सम्मका ५ देखि ५५ बर्ष उमेर समहुका २० जना महिला र १५ देखि ७७ बर्ष उमेर समुहका ४८ जना पुरुष, ठोरी गाउँपालिका–७ निर्मलवस्तीका २६ बर्षिया एक महिला, सखुवा प्रसौनी गाउँपालिका–२ र ४ का २२ देखि ४५ बर्ष उमेर समुहका ३ जना पुरुष, ड्राई पोर्ट वीरगञ्जका २८ देखि ४८ बर्षि उमेर समुहका ५ जना पुरुष र आर्मी क्याम्पका ३५ बर्षिय एक नेपाली सेना रहेका छन् ।

No description available.

सप्तरीका संक्रमितहरु राजविराज नगरपालिका वडा नम्बर–२ देखि १४ सम्मका ११ बर्षिया एक बालिका र ६ देखि ६० बर्ष उमेर समुहका १७ जना पुरुष, हनुमाननगर कंकालिनी नगरपालिका–१२ का ४ बर्षिया एक बालिका र ७ देखि २९ बर्ष उमेर समुहका ३ जना पुरुष, तिरहुत गाउँपालिका–२ का २० बर्षिय एक पुरुष र तिलाठी कोइलाडी गाउँपालिका–२ का १५ र २२ बर्षिया २ जना महिला एवं ४ देखि ७१ बर्ष उमेर समुहका २३ जना पुरुष रहेका छन् ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१, ७ र १० का २१ देखि ५२ बर्ष उमेर समुहका ५ जना महिला र ३२ र ४८ बर्षिय २ जना पुरुष र रामा होटेल जनकपुरमा रहेका ६० बर्षिय एक पुरुष संक्रमित भएका छन् ।

सिरहाको बरियारपट्टी गाउँपालिका–१ का २० देखि ३४ बर्ष उमेर समुहका ३ जना पुरुष र महोत्तरीको जलेश्वर नगरपालिका–१ का २३ बर्षिय एक पुरुष कोरोना संक्रमणको चपेटामा परेका छन् ।

प्रदेशभरीमा आईतरसम्म सप्तरीमा ८ हजार ४ सय २३, सिरहामा ४ हजार २ सय २, धनुषामा ६ हजार ९९, महोत्तरीमा ४ हजार २४, सर्लाहीमा ६ हजार ३२, रौतहटमा १५ हजार ५ सय ४५, बारामा ५ हजार १ सय २२ र पर्सामा ११ हजार २० जना गरि जम्मा ६० हजार ४ सय ६७ जनाको स्वाब परिक्षण गरिएकोमा ४ हजार ९ सय ६ जना संक्रमित भएका छन् भने ५२ हजार ८ सय ९१ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

त्यस्तै सप्तरीमा ७ सय ९३, सिरहामा १ सय ७५, धनुषामा ४ सय, महोत्तरीमा ३ सय ८५, सर्लाहीमा ५८, रौतहटमा ८७, बारामा १ सय ७ र पर्सामा ६ सय ६५ जना गरि कुल २ हजार ६ सय ७० जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस प्रदेशमा आज मात्रै सप्तरीमा २ सय ४५, सिरहामा १ सय २०, धनुषामा १ सय ४६, महोत्तरीमा १, रौतहटमा ८७, बारामा २३ र पर्सामा १ सय २ जना गरि ७ सय २४ जनाको स्वाब संकलन गरिएको छ भने सिरहामा ७, बारामा २७ र पर्सामा १२ जना गरि जम्मा ४६ जनाको आरडिटी परिक्षण गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

No description available.

आरडिटी तर्फ अहिलेसम्म २६ हजार ८ सय ५३ जनाको परीक्षण गरिएकोमा सप्तरीमा ६२, सिरहामा २ सय ६३, धनुषामा १ सय ६६, महोत्तरीमा ५ सय ५, सर्लाहीमा ६, रौतहटमा १ सय २७, बारामा ४६ र पर्सामा २९ जना गरि कुल १ हजार २ सय ४ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने २५ हजार ६ सय ४९ जनाको रिपोर्ट नेगेटिभ आएको झाले बताए ।

प्रदेश २ को आठवटै जिल्लाका बिभिन्न ठाउँहरुमा निर्माण गरिएको १५ हजार ७ सय ७३ बेड क्षमताको २ सय ५१ वटा क्वारेन्टाइनमा अहिले १ हजार ५ सय ४० जनालाई राखिएको छ भने २ हजार २ सय ३८ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ ।

प्रदेशका आठवटै जिल्लाको बिभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको २ हजार ३ सय ४९ बेड क्षमताको आईसोलेशनमा सप्तरीमा १ सय ६२, सिरहामा २३, धनुषामा ५८, महोत्तरीमा ३४, सर्लाहीमा ४८, रौतहटमा २, बारामा २० र पर्सामा २ सय ६७ जना गरि ६ सय १४ जनालाई भर्ना गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

प्रदेश २ मा सबैभन्दा बढी रौतहट जिल्लामा १ हजार २ सय ५९ जना संक्रमित भएका छन् । महोत्तरीमा ७ सय ९३, सर्लाहीमा ७ सय १०, धनुषामा ६ सय ९९, पर्सामा ५ सय ४२, सप्तरीमा ५ सय १५, सिरहामा २ सय १३ र बारामा १ सय ७५ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा यस प्रदेशमा ९ जना व्यक्ति अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा धनुषाका ३ र सर्लाहीका ६ जना व्यक्तिहरु छन् । योसँगै हालसम्म यस प्रदेशमा सप्तरीका ३ सय ५४, सिरहाका १ सय ६६, धनुषाका ५ सय ७५, महोत्तरीका ३ सय ४४, सर्लाहीका ६ सय ३४, रौतहटका ७ सय ५०, बाराका १ सय ६२ र पर्साका १ सय ८८ जना गरि ३ हजार १ सय ७३ जना संक्रमितहरु डिस्चार्ज भई आ–आफ्नो घर फर्किसकेका छन् ।

प्रदेश २ मा हालसम्म पर्सामा १२, बारामा २, रौतहटमा २, महोत्तरीमा १, धनुषामा १ र सप्तरीमा १ जना गरि १९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्