राजर्षि जनक विश्वविद्यालय जनकपुरमा बिद्यार्थीले गरे तालाबन्दी



जनकपुरधाम : जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालय विश्व विद्यालय क्याम्पसमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् ।

आइतबार जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालय विश्व विद्यालय क्याम्पसका विद्यार्थीहरुले आफूहरुको ८ बुँदे मागको विषयमा क्याम्पस प्रशासनबाट कुनै किसिमको चासो नलिइएको भन्दै तालाबन्दी गरेका हुन् । उनीहरुले क्याम्पस प्रमुख डा. सरोज कुमार ठाकुरको कार्यकक्ष सहित प्रशासन फाँटका सबै कक्षमा ताला लगाएका छन् ।

No description available.

लकडाउन अवधीको शुल्क मिनाहा गर्नुपर्ने, अनलाइन पद्धतीको प्रयोग गरि सेमेस्टर परिक्षा सञ्चालन गर्नुपर्ने, अनलाइनको माध्यमले भएको पठनपाठनबाट परिक्षामा कुनैपनि प्रश्न हुनु नपर्ने, दुईवटा सेमेस्टरको जम्मा बक्यौता रकम कोर्ष समाप्त हुने समयसम्म बुझाउन सक्ने प्रक्रिया निर्माण गरिनुपर्ने, बिद्यार्थीहरुले हाल परिक्षाको लागि परिक्षा दस्तुर मात्र बुझाई परिक्षमा सामेल हुन पाउनुपर्ने, परिक्षा तथा रजिष्ट्रेशनका लागि भनिएको दोब्बर दस्तुर हटाउनु पर्ने लगायतका ८ बुँदे माग राख्दै ताला लगाएका छन् ।

No description available.

उनीहरुले आफुहरुले तालाबन्दी गर्न जाँदा क्याम्पसका सहायक लेखापाल रजनिश यादवले आफुहरुसँग दुव्र्यवहार समेत गरेको गुनासो पोखेका छन् ।

यता क्याम्पस प्रमुख डा. सरोज कुमार ठाकुरले विद्यार्थीहरुलाई वार्ताको माध्यमबाट समस्या समाधानका लागि आग्रह गरेपनि उनीहरुले नमानेको आरोप लगाएका छन् । उनले आफूले विद्यार्थीहरुलाई आफ्नो स्तरबाट पहल गर्ने आश्वासन समेत दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्