रणबीर कपुर र दीपिका पादुकोणको विशेष सम्बन्ध, भेट हुँदा यसरी हाले अँगालो



रणबीर कपुर र दीपिका पादुकोण बलिउडको यस्तो जोडी हो, जुन ब्रेकअपपछि पनि मित्रता कायमै राख्न सफल छ। सोमबार एउटा कार्यक्रममा उनीहरूको विशेष सम्बन्ध देखिएको छ। 

कार्यक्रममा रणबीर र दीपिकाले टाइट हग गरेको तस्बिर अहिले सोसल मिडियामा भाइरल भएको छ। 

यी दुईको ब्रेकअप भएको करिब ६ वर्षपछि फेरि उनीहरूले सिल्भर स्क्रिन एकसाथ सेयर गरेका छन्। उनीहरू एउटा विज्ञापनमा एकसाथ देखिएका थिए र सँगै सुटिङ गरेका थिए। दीपिकाले आफ्नो इन्स्टाग्राममा सुटिङको तस्बिर सेयर गरेकी मात्र थिइन् रणबीरले तुरुन्तै कमेन्ट गर्दै लेखे, ‘हेलो डिम्पल, हाम्रो फेरि भेट भयो।’

अहिले भने दीपिका फिल्म ‘छपाक’मा व्यस्त हुनेछिन् भने रणबीरको फिल्म ‘ब्रह्मास्त्र’ यसै वर्ष रिलिज हुने तयारीमा छ। 

प्रतिक्रिया दिनुहोस्