माथिल्लो त्रिशूली थ्री ए काे उत्पादन वैशाख १७ बाट



काठमाडौं : रसुवा र नुवाकोटमा निर्माणाधीन माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको ३० मेगावाट विद्युत् आगामी वैशाखको १७ गतेबाट उत्पादन हुने भएको छ। आयाेजना विद्युत् प्राधिकरणकाे लगानीमा निर्माण भएकाे हाे।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थितिमा बसेको आयोजना व्यवस्थापन, परामर्शदाता, मुख्य संरचना र प्रसारण लाइन निर्माणको जिम्मा पाएका ठेकेदार कम्पनीको बैठकले पहिलो युनिटबाट १७ वैशाखभित्रमा विद्युन् उत्पादन सुरु गर्ने निर्णय गरेको हो।

‘पहिलो युनिटबाट १७ वैशाखभित्रमा र दोस्रो युनिटबाट १५ असारबाट विद्युत् उत्पादन गर्ने गरी आयोजनाको काम सम्पन्न गर्न ठेकेदार कम्पनीहरुले प्रतिबद्धता जनाएका छन, विभिन्न समस्या झेल्दै आएको आयोजना ऊर्जा मन्त्रालय र प्राधिकरणको निरन्तरको प्रयासबाट सम्पन्न हुने अवस्थामा पुगेको छ’, कार्यकारी निर्देशक घिसिङले भने।

प्रतिक्रिया दिनुहोस्