दाङमा सेनाका जवानमा कोरोना संक्रमण पुष्टि, १९ जना क्वारेन्टाइनमा



दाङ : दाङमा नेपाली सेनाका जवानमा कोरोना संक्रमण देखिएको छ । नेपाली सेनाको १९ नम्बर बाहिनी तुलसीपुरमा ट्रेनिङका लागि प्युठानबाट आएका सिन्धुलीका ३६ वर्षीय सैनिक जवानमा कोरोना पोजेटिभ देखिएको सहायक बाहिनीपति अनिल सिंहले जानकारी दिए । संक्रमण देखिएको सैनिक जवानको सम्पर्कमा आएक १९ जना जवानलाई क्वारेन्टाइमा राखिएको छ ।

बाहिनीमा ट्रेनिङका लागि आएका जवानमा कोरोनाको आशंका लागेपछि १६ गते स्वाब संकलन गरिएका उनले रिपोर्ट पोजेटिभ देखिएको बताए । ति सैनिक जवानको आइतबार नेपालगञ्जमा गरिएको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।

उनीसँगै एउटै गाडीमा आएका १९ जना अहिले बाहिनीभित्रै क्वारेन्टाइनमा रहेको सहायक बाहिनीपति सिंहले बताए । उनकाअनुसार क्वारेन्टाइनमा बसेका उनीहरुको स्वाब संकलन गरी परीक्षण गरिने छ । संक्रमण देखिएका जवानको अहिले कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचार भइरहेको कोरोना विशेष अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए ।

प्रकाशित : साउन १९, २०७७

प्रतिक्रिया दिनुहोस्