भारतीय उत्सवमा मैथिली गीतसंगीत



काठमाडौं : काठमाडौंमा भारतीय दूतावासले मनाइरहेको एकमहिने भारत उत्सवमा सोमबार मैथिली गीतसंगीत प्रस्तुतिसहितको कार्यक्रम भएको छ।

नेपाल प्रज्ञा प्रतिष्ठानमामा भएको उक्त कार्यक्रममा भारत विहार पटनाबाट आएका मैथिल कलाकारले गीत र नृत्य प्रस्तुत गरेका थिए।  विहार पटनाको चर्चित मैथली समूह प्रागंण समूहको प्रस्तुतिमा विभिन्न मैथली लोकगीतसँगै लोकनृत्य प्रस्तुत गरिको थियो। 

नेपाल र भारतमा दुवै देशमा मैथली भाषी रहेका र यसको संस्कृति दुवै देशमा साझा भएको भारतीय दूतावासले मनाइरहेको भारत उत्सवमा छनक दिइएको थियो। कार्यक्रमममा काठमाडौं बस्ने मैथिल समुदायका मानिसहरुको सहभागिता थियो। दूतावासले काठमाडौंमा मनाइरहेको उत्सवमा गत महिनादेखि विभिन्न कार्यक्रम गर्दै आएको छ। 

 

प्रतिक्रिया दिनुहोस्